+
+
Shares

प्रहरीका ३ डीआईजीसहित १०४ जना पुरस्कृत

प्रहरी प्रधान कार्यालयले १०४ जनालाई एकैपटक पुरस्कृत गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १२:३९

२१ असार, काठमाडौं । नेपाल प्रहरीका तीन नायव महानिरीक्षक (डीआईजी)सहित १०४ जना पुरस्कृत भएका छन् ।

प्रहरी प्रधान कार्यालयले १०४ जनालाई एकैपटक पुरस्कृत गरेको हो । उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटा, लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्री, डीआईजी विश्वराज अधिकारीलाई पुरस्कृत गरिएके छ ।

उनीहरुलाई जनही २५ नगदसहित पुरस्कृत गरिएको हो ।

त्यस्तै एसएसपी रमेश थापा, नवराज अधिकारी, गोविन्द अधिकारी, शान्तिराज कोइराला, वेद बिष्टलाई जनही २५ सयसहित पुरस्कृत गरिएको छ ।

त्यसैगरी एसपीहरु चक्रराज जोशी, दीपक श्रेष्ठ, शरदकुमार थापा क्षेत्री, कुमोद ढुंगेल, अनन्तराम शर्मा, कमला लामा, सूर्यबहादुर थापालाई पनि जनही २४ सय नगदसहित पुरस्कृत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?