+
+
Shares

सांसद तामाङ भन्छन्– बैंकमा बढ्दो तरलताले देशलाई ‘लिक्विडिटी ट्र्याप’मा पार्नसक्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १७:५०

२१ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा))का सांसद परशुराम तामाङले बैंकिङ प्रणालीमा बढ्दो तरलताले मुलुकलाई ‘लिक्विडिटी ट्र्याप’ मा पार्नसक्ने चेतावनी दिएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

‘बैंकहरूमा लिक्विटी थुप्रिएको छ । मैले त यसलाई लिक्विटी ट्र्याप पनि भन्ने गरेको छु । यो अझै बढ्दै गयो र कृषि र औउद्यागिक क्षेत्रबाट उत्पादन नहुने हो भने अथवा यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान विगत एक दशको सन्तोषजनक छैन,’ उनले भने ।

कृषि र औद्योगिक क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान सन्तोषजनक नरहेको भन्दै त्यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको उनको भनाइ थियो ।

‘बरु योगदान घटिरहेको अवस्था छ । हामी देशभित्रबाट पब्लिक र बैँकसँग भएको ओभरड्राफ्ट मार्फत सरकारमा जाने हो भने पब्लिकको लागि ऋण त निश्चय पनि कम हुन्छ । यदि यस्तो अवस्था आयो भने हामी डेफ्थ ट्र्यापमा जाँदैनौँ भन्ने के ग्यारेन्टी हुन्छ ?,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?