+
+
Shares

अर्थ समितिले राष्ट्र बैंकलाई निर्देशन नदिन पूर्व गभर्नर अधिकारीको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १८:२२

२१ असार, काठमाडौं । पूर्व गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकलाई निर्देशन नदिन अर्थ समितिलाई सुझाएका छन् । केन्द्रीय बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनुपर्ने विषयलाई निर्देशन भन्दा पनि सुझावको रुपमा दिन समितिलाई अधिकारीले आग्रह गरेका हुन् ।

अर्थ समितिले निर्देशन दिने र केन्द्रीय बैंकले कार्यान्वयन गर्न नसक्ने अवस्था आउन नहुने उनको भनाइ छ । त्यसैले समितिले मौद्रिक नीतिका लागि सुझाव भनेर दिएको खण्डमा केन्द्रीय बैंकले आफ्नो स्वायत्तता प्रयोग गरेर अर्थतन्त्रको हितमा नीति तर्जुमा गर्न सक्ने उनको बुझाइ छ ।

अर्थतन्त्र र वित्तीय क्षेत्रको अवस्था अनुसार पनि आगामी आवको मौद्रिक नीति खुकुलो आउने अपेक्षा रहेको उल्लेख गरे । केन्द्रीय बैंकले हालका नीतिगत दरहरू चलाउनु पर्ने अवस्था नभएको समेत उनले सुझाए ।

विनिमय दर भारतीय रुपैयाँसँग स्थिर भएकाले केन्द्रीय बैँकलाई केही सीमा रहेको अधिकारीले बताए । ‘मौद्रिक नीतिको कार्यान्वयन थप प्रभावकारी बनाउन वित्तीय क्षेत्रका नीति मार्फत थप सपोर्ट गर्ने गरेका छौँ’ अधिकारीले अर्थसमितिमा केन्द्रीय बैंकलाई सुझाव दिँदै भने ।

खराब कर्जा वर्गीकरणको अवधि बढाउने र खुकुलो बनाउन नहुने आशय अधिकारीले दिए । बैंक फर इन्टरनेसनल सेटलमेन्ट (बीआईएस)ले लागु गरेको व्यवस्था पालन गर्ने अवस्थामा आउन २० औं वर्ष लागेको हुनाले पछि फर्कन नहुने उनले बताए ।

‘अहिले त्यहाँबाट पछि हट्यौँ भने फेरि त्यो मापदण्डमा पुग्न गाह्रो हुन्छ,’ उनले भने, ‘बैंकको नाफाका लागि हो भने अन्य विकल्पमा जान सकिन्छ । साउथ एसियामा नेपालको बैंकिङ जस्तो सुरक्षित अरु छैन । अनावश्यक रुपमा नीतिलाई चलाएर कमजोर बनाउन हुँदैन ।’ केन्द्रीय बैंक जति स्वायत्त भएर मौद्रिक नीति बनाउँछ त्यति अर्थतन्त्र बलियो हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?