+
+
Shares

किन रोकियो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति ?

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिका लागि ११ जनाले आवेदन दिएकोमा ७ जनाको सर्टलिस्टको सूचिसमेत सार्वजनिक गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १८:३४

२२ असार, काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ । आठ वटा विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया एकैसाथ अगाडि बढाइएको थियो ।

तर ७ वटा विश्वविद्यालयको उपकुलपति १९ असारमा नियुक्ति भएपनि लुम्बिनी बौद्ध विश्वविद्यालयले उपकुलपति पाउन सकेन । ‘प्राध्यापकको आवेदन परेको थिएन । उपप्राध्यापक र सहप्राध्यापकको आवेदन परेको थियो । अध्ययनको क्रममा छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिका लागि ११ जनाले आवेदन दिएकोमा ७ जनाको सर्टलिस्टको सूचिसमेत सार्वजनिक गरिएको थियो । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले १३ गते सर्टलिस्टमा परेका उम्मेदवारको प्रस्तुतिकरण र अन्तर्वार्ता समेत लिएको थियो ।

‘प्रस्तुतिकरण र अन्तवार्ता भएको हो,’ उपकुलपतिको उम्मेदवार रहेकी चन्द्रकला घिमिरेले भनिन् । तर अन्तिम समयमा भने उपकुलपतिको नियुक्ति भएन ।

मान्यता प्राप्त विश्वविद्यालयबाट वौद्ध दर्शनसम्बन्धी विषयमा कम्तिमा विद्यावारिधी उपाधि हासिल गरेको हुनुपर्ने योग्याता राखिएको थियो । विज्ञले दिएको नम्बरको आधारमा सिफारिस समितिले ७ जनाबाट तीन जनको नाम पनि छनोट गरेको थियो ।

तर जुन उद्देश्यले विश्वविद्यालय खुलेको हो त्यो भन्दा फरक कोर्स सञ्चालन भइरहेकाले थप अध्ययन आवश्यक भएकाले लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्त हुन नसकेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

‘यो युनिक नेचरको विश्वविद्यालय हो । तर कम्प्युटर टेक्नोलोजीका विषय पनि रहेछ । जुन उद्देश्यले खोलेको हो त्यो नभएको भनेर सरोकारवालाबाट गुनासो आएको छ । थप अध्ययन गर्नुपर्ने भएकाले अहिले उपकुलपति नियुक्ति पनि प्रक्रियामा छ,’ शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले भने । मन्त्रालयका अधिकारीका अनुसार नयाँ प्रक्रियाबाट पुनः नियुक्ति प्रक्रिया सुरु गर्ने सम्भावान पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?