२३ असार, काठमाडौं । बेल्जियमसँग पराजित भएपछि अमेरिकाका प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीले सिक्न आवश्यक रहेको बताएका छन् ।
फिफा विश्वकप २०२६ बाट बाहिरिएपछि प्रशिक्षक पोचेटिनोले खेलको मूल्याङ्कन गर्नु आवश्यक रहेको बताएका हुन् ।
‘सुरुदेखि नै यो साँच्चै गाह्रो थियो । हामी बेल्जियमलाई बधाई दिन्छौं, तिनीहरू हामीभन्दा राम्रो थिए । यो हाम्रो दिन थिएन । हामीले सिक्नु आवश्यक छ । हामीले खेलको मूल्याङ्कन गर्नु आवश्यक छ,’ उनले भने ।
पोचेटिनोले थपे, ‘यो बुझ्नु आवश्यक छ कि हामीले विश्वकपको बाँकी समयमा जस्तै खेललाई किन व्यवहार गरेनौं ।’
अमेरिका राउन्ड अफ १६ को खेलमा बेल्जियमसँग ४–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
प्रतिक्रिया 4