+
+
Shares

२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते ११:४५

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । १ वर्ष अवधि रहेको उक्त ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् ।

न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ऋणपत्र प्रदान हुनेछ । २०८४ असार २३ गते साँवा भुक्तानी हुने ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याजदर प्रदान हुने राष्ट्र बैंकले जनाएको छ ।

यस ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ङ’ रहेको छ । बैंक तथा वित्तीय संस्थाले न्यूतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने कुल रकमसम्मकै लागि बोल गर्न सक्नेछन् । चालु आर्थिक वर्षको अन्तिमतिर राष्ट्र बैंकले धमाधम ऋणपत्र जारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?