२३ असार, काठमाडौं । इन्डोर सुपर लिग (आईएसएल)को टोली विराटनगर बटालियनलाई आदियोगी एक्सप्रेस ट्राभल्स सर्भिसेसले मुख्य प्रायोजन गर्ने भएको छ ।
मंगलबार काठमाणडौंमा विराटनगर र आदियोगीबीच मुख्य प्रायोजन सम्बन्धि सम्झौता भएको हो । सम्झौता अनुसार विराटनगरको जर्सीको प्रमुख स्थानमा आदियोगीको लोगो हुनेछ ।
विराटनगर बटालियनका निर्देशक सुदीप मानन्धरले आदियोगीको सहयोगले टोलीलाई आत्मविश्वास थपेको बताए ।
आदियोगीका सञ्चालक चिरञ्जिवी खनालले आफू सानैदेखि खेलकुद मन पराउने व्यक्ति भएकाले टोलीसँग आफ्नो व्यवसायलाई जोड्न पाउँदा खुशी लागेको बताए ।
विराटनगरका मार्की खेलाडी रुपेश सिंहले खेलकुदमा निजी लगानी र खेलाडीका लागि भएको यो सम्झौताले उत्साह मिलेको बताए ।
काठमाण्डौ स्पोर्टस इभेन्टस् प्रालिको आयोजनामा भदौ १७ (सेप्टेम्बर २) देखि सुरु हुने आइएसएलको दोस्रो संस्करणका लागि खेलाडी अक्सन भइसकेको छ ।
पहिलो संस्करणमा ८ टोली सहभागि भएकोमा यस पटक २ नयाँ टोली थपिएर १० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
यस संस्करणमा टोलीहरूको नाम पनि शहर तथा प्रदेशको पहिचान झल्किने गरी परिवर्तन गरिएको छ ।
दोस्रो संस्करणमा काठमाण्डौ कैलाश किंग्स, सुदूरपश्चिम टाइगर्स, द लुम्बिनी योर्कर्स, मिक्समाण्डु, ललितपुर अलस्टार्ज, विराटनगर ब्याटालियन, जनकपुर किंग्स, बुटवल एम्पायर, पोखरा वारियर्स र रअ हेटौंडा रोयल्स रहेका छन् ।
आईएसएलको पहिलो संस्करणको उपाधि अनमोल पायोनियर्सले जितेको थियो ।
प्रतिक्रिया 4