+
फिफा विश्वकप २०२६ :

इजिप्टका प्रशिक्षक भन्छनः अर्जेन्टिनाबाट रेफ्रीमाथि ठुलो दबाब सिर्जना गरिएको जस्तो देखिन्थ्यो

२०८३ असार  २४ गते ३:४६ २०८३ असार २४ गते ३:४६

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक हसनले फिफा लियोनल मेसीलाई प्रतियोगितामा टिकाइराख्नू चाहेको आरोप लगाएका हुन् ।

२४ असार, काठमाडौं । इजिप्टका प्रशिक्षक होसाम हसनले विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को पराजय भोग्नुपरेपछि आफ्नो टोली अन्यायको सिकार भएको बताएका छन् ।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक हसनले फिफा लियोनल मेसीलाई प्रतियोगितामा टिकाइराख्नू चाहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘हामीले मैदानमा सम्मान वा फियर प्ले देख्न पाएनौँ । एउटा पेनाल्टी दिइएन र हाम्रो पक्षमा पेनाल्टी हुनुपर्ने दोस्रो घटनालाई त भिएआरले जाँचसम्म गरेन । हाम्रो दोस्रो गोललाई कुन विलासी कारणले हो । अचम्म लाग्दो गरी रद्द गरियो ।’

अर्जेन्टिनाले रेफ्रीमाथि ठूलो दबाब सिर्जना गरेको प्रशिक्षक हसनको दाबी थियो । ‘अर्जेन्टिनाको तर्फबाट रेफ्रीमाथि ठुलो दबाब सिर्जना गरिएको जस्तो देखिन्थ्यो । जसले गर्दा यो नतिजा आयो,’ उनले भने ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय