२५ असार, काठमाडौं । नेकपा एमालेले सुकुम्बासीको व्यवस्थापन सही तरिकाले हुन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरेको छ ।
बिहीबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्नै एमालेकी सांसद एशुदा कुमारी बरालले प्रश्न गरिन्, ‘सुकुम्बासी जनता हुन कि हैनन् ? उहाँहरूले बाँच्न पाउने कि नपाउने ?’
२५ हजार लिएर आफैँ आफ्नो व्यवस्थापन गर भन्ने विषय व्यवहारिक नरहेको उनले बताइन् ।
‘२५ हजार हातमा थमाएर सडकमा धपेदिँदा मानव अधिकार हनन हुन्छ कि हुँदैन ? उहाँहरू स्वतन्त्र पूर्वक बाँच्न पाउनुहुन्छ कि पाउनुहुन्न ?’, उनले अगाडि थपिन्, ‘यी गरिबका आँसु निकै महंगो हुनेछन् । सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4