२५ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा एक जना युवाले आत्मदाहको प्रयास गरेको विषय संसद्मा उठेको छ ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले बिहीबार आत्मदाह प्रयास गरेका हुन् ।
यो विषय प्रतिनिधिसभामा उठाउँदै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुललाले सरकारलाई प्रश्न गरे , ‘कति जना नागरिकले आफ्नो शरिरमा आगो लगाएपछि घर–घरमा राहदानी पुग्ने हो ?’
यो विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले घाइतेको स्वास्थ्य लाभको पनि कामना गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4