+
+
Shares

अर्जुनचौपारी गाउँपालिकाका कर्मचारी हिरालाल काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १६:४६

२५ असार, काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका कर्मचारी हिरालाल काफ्लेविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काफ्लेले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी गाउँपालिकामा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

काफ्लेले सहायकस्तर पाँचौ तहमा बढुवाका लागि भारत आसामको गुहाटीस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसनबाट सन् १९९८ मा एसएलसी सरहको परीक्षा एचएसएलसी  उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति तथा पदोन्नति लिएका आयोगको आरोपपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?