+
+
Shares

प्रतिनिधिसभा नियमावली विरुद्धको रिटमा ३१ असारका लागि तोकियो पेसी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा सञ्चालन नियमावली विरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले ३१ असारका लागि पेसी तोकेको छ।
  • सत्ता पक्षले संविधानसँग बाझिने गरी नियमावली पारित गरेको भन्दै कांग्रेसले उक्त नियमावली खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेको हो।
  • कांग्रेसले सत्ता पक्षले गरेको कामलाई संवैधानिक छलकपटको संज्ञा दिँदै १७ जेठमा पारित गरिएको नियमावली बदर हुनुपर्ने जिकिर गरेको छ।

२६ असार, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा सञ्चालन नियमावली विरुद्ध दायर गरेको रिटमा ३१ असारका लागि पेसी तोकिएको छ ।

कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाको संसदीय दल मार्फत सर्वोच्च अदालतमा नियमावली विरुद्ध रिट दायर गरेको थियो ।

१७ जेठमा सत्ता पक्षले बहुमतको बलमा संविधानसँग बाझिने गरी नियमावली पारित गरेको भन्दै बदरको माग गर्दै कांग्रेसको संसदीय दल अदालत गएको छ ।

सत्ता पक्षले संविधानसँग बाझिने गरी नियमावली पारित गरेको भन्दै कांग्रेसले संवैधानिक छलकपट गरेको ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?