+
फिफा विश्वकप २०२६ :

सुरुवाती–११ मा परेर पनि युरी टिलेमान्स किन स्पेनविरुद्ध खेलिरहेका छैनन् ?

२०८३ असार  २७ गते २:२४ २०८३ असार २७ गते २:२४

मिडफिल्डर युरी सुरुवाती–११ बाट बाहिरिएपछि उनको स्थानमा हान्स भानाकेनलाई टोलीमा ल्याइएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलअघि वार्म–अपका क्रममा घाइते भएपछि बेल्जियमका मिडफिल्डर युरी टिलेमान्स टोलीबाट बाहिरिएका छन् ।
  • टिलेमान्सको स्थानमा प्रशिक्षक रुडी गार्सियाले अन्तिम समयमा हान्स भानाकेनलाई टोलीमा समावेश गरी आफ्नो रणनीतिक योजना परिवर्तन गरेका छन् ।
  • बेल्जियमले टिलेमान्सको चोटको प्रकृति सार्वजनिक गरेको छैन र खेलपछि थप परीक्षण गरेपछि मात्र उनको आगामी खेलबारे निर्णय गरिने भएको छ ।

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्पेनविरुद्ध मैदान उत्रिनुअघि वार्म–अपका क्रममा युरी टिलेमान्स घाइते भएपछि बेल्जियम अन्तिम समयमा टोली परिवर्तन गर्न बाध्य भएको छ ।

मिडफिल्डर युरी सुरुवाती–११ बाट बाहिरिएपछि उनको स्थानमा हान्स भानाकेनलाई टोलीमा ल्याइएको छ ।

खेल सुरु हुनु अघि उनी बाहिरिनु परेपछि प्रशिक्षक रुडी गार्सियाले अन्तिम क्षणमा आफ्नो रणनीति परिवर्तन गर्नुपरेको छ । भानाकेनको आगमनले बेल्जियमको मिडफिल्डलाई एक फरक विकल्प दिएको छ ।

बेल्जियमले टिलेमान्सको चोट कस्तो प्रकृतिको हो भन्ने कुरा खुलाएको छैन । उनी खेलको क्रममा वैकल्पिक खेलाडीका रूपमा उपलब्ध हुनेछन् वा छैनन् भन्ने कुरा नै पुष्टि गरेको छ ।

खेलपछि उनको चोटको थप परीक्षण गरिने बताइएको छ । यदि बेल्जियम अर्को चरणमा प्रवेश गरेमा उनी खेल्न सक्नेछन् या छैनन् भन्ने कुरा अझै अनिश्चित छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय