+
फिफा विश्वकप २०२६ :

स्पेनले फेरि लियो अग्रता

२०८३ असार  २७ गते २:४० २०८३ असार २७ गते २:४०

अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलको ८८औं मिनेटमा गोल गर्दै स्पेनले दोस्रोपटक अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्पेनले बेल्जियमविरुद्ध दोस्रोपटक अग्रता लिएको छ।
  • खेलको ८८औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाएका हुन्।
  • यसअघि फेबियन रुइजले स्पेनका लागि पहिलो गोल गरेका थिए भने चाल्र्स डे केटलेरले बेल्जियमका लागि बराबरी गोल फर्काएका थिए।

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमविरुद्ध दोस्रोपटक अग्रता लिएको छ ।

अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलको ८८औं मिनेटमा गोल गर्दै स्पेनले दोस्रोपटक अग्रता लिएको हो ।

पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन् । जसको फाइदा उठाउँदै मिकेल मेरिनोले स्पेनलाई दोस्रोपटक अग्रता दिलाए ।

यसअघि खेलको ३०औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, त्यसको ११ मिनेटपटि चाल्र्स डे केटलेरले हेडर गोल गर्दै बराबरी गोल फर्काएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय