News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी होल्डिङ सेन्टर बागमती नदीमा आएको बाढीका कारण जलमग्न हुँदा त्यहाँ आश्रित सुकुमवासीको उठीबास लागेको छ ।
- संयुक्त सुरक्षा टोलीले राति होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा पुर्याएको छ ।
- पानीको बहाव घटेसँगै प्रभावित व्यक्तिहरूले आफ्ना सामान निकाल्न थालेका छन्, तर उनीहरूलाई पुनः कहाँ स्थानान्तरण गर्ने भन्नेबारे अहिलेसम्म कुनै टुंगो लागेको छैन ।
२७ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी होल्डिङ सेन्टर डुबान भएपछि सुकुमवासीको उठीबास लागेको छ ।
लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा शुक्रबार राति डुवान भएको थियो । बिहानसम्म पनि सेन्टर जलमग्न थियो । अहिले पानी घट्दै गएको छ । पानी कम भएपछि उनीहरुले आफ्ना सामान निकाल्न थालेका छन् ।
राति डुबानपछि सुरक्षाकर्मीले ५४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको थियो । संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा पुर्याएको थियो ।
केही आफन्तकोमा गएका छन् भने अरु सेन्टरकै आसपासमा रहेका छन् । उनीहरुलाई कहाँ लैजाने भन्ने टुंगो लागेको छैन । सेन्टर भएको स्थानमा बस्न मिल्ने अवस्था छैन ।

प्रतिक्रिया 4