News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले नर्वेविरुद्ध २–१ को अग्रता लिएको छ।
- खेलको ९३औं मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन्।
- यसअघि ३६औं मिनेटमा नर्वेका एन्ड्रियास स्केल्डरअपले गोल गरेका थिए भने पहिलो हाफको इन्जुरी समयमा बेलिंघमले बराबरी गोल फर्काएका थिए।
२८ असार, काठमाडौं । पिफा विश्वकप २०२६ काे तेस्राे क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले नर्वेविरुद्ध अग्रता लिएको छ ।
मियामी स्टेडियममा जारी खेलको ९३औं मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् ।
अतिरिक्त समयको तेस्रो मिनेटमा मोर्गन रोजर्सले गरेको बललाई नर्वेका गोलकिपरले पूर्ण रुपमा नियन्त्रणमा लिन नसक्दा त्यसको फाइदा बेलिंघमले उठाए ।
त्यसअघि उनै बेलिंघमले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा फर्काएका थिए । खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ।
प्रतिक्रिया 4