+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा स्पेन एक गोलले अघि

२०८३ असार  ३१ गते १:३७ २०८३ असार ३१ गते १:३७

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले एक गोलको अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पहिलो हाफ सकिँदा स्पेनले फ्रान्सविरुद्ध एक गोलको अग्रता लिएको छ।
  • खेलको २२औं मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन्।
  • फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो।

३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा पहिलो हाफमा स्पेन फ्रान्सविरुद्ध एक गोलले अघि छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले एक गोलको अग्रता लिएको हो ।

२२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले अग्रता लिएको थियो । २०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीलाई सदुपयोग गर्दे गोल गरेका हुन् ।

पहिलो हाफमा फ्रान्सको तुलनामा स्पेन बलियो देखिएको छ । बल पोजिसनमा स्पेनको नियन्त्रण बढी छ ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय