News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डले फ्रान्सविरुद्ध पहिलो हाफमै चार गोलको अग्रता लिएको छ ।
- खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
- बुकायो शाकाले दुई तथा एन्जी कोन्शाले एक गोल थपेपछि इंग्ल्यान्ड पहिलो हाफमा चार शून्यले अघि रहेको छ ।
३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलको पहिलो हाफमा इंग्ल्यान्ड चार गोलले अघि छ ।
मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो हाफमा फ्रान्समाथि हाबी हुँदै इंग्ल्यान्डले चार गोल गरेको हो ।
पहिलो हाफमा बुकायो शाकाले दुई, डेक्लान राइस र एन्जी कोन्शाले एकएक गोल गरे । खेलको तेस्रो मिनेटमा राइसले गोल गर्दै सुरुवातमै अग्रता लिएको इंग्ल्यान्डले त्यसपछि लगातार गोल गर्यो ।
१८औं मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई दुई गोलको अग्रता दिलाए । त्यसपछि शाकाले ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाए ।
प्रतिक्रिया 4