News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा निशा सुनार मृत अवस्थामा फेला परेकी छन्।
- गेस्ट हाउस सञ्चालकले कोठाबाट दुर्गन्ध आएपछि खबर गर्दा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ।
- प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।
४ साउन, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् ।
नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी निशा सुनार मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।
पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको र अहिलेसम्म कोही पनि पक्राउ परिनसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4