+
+
Shares

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको मेचीनगरमा सिटी सफारी र जिप एकआपसमा ठोक्किँदा ४० वर्षीया आरती उराउको मृत्यु भएको छ ।
  • सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट ७५ वर्षीया पैदलयात्री पद्मकुमारी खड्काको मृत्यु भएको छ ।
  • दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ र दुवै घटनाका सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।

४ साउन, काठमाडौं । झापा र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका-१५ कालिकास्थित सडकमा प्र.१-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र बाप्र ०१-००२ झ ७३६० नम्बरको जिप एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान भएको दुर्घटनामा सिटी सफारीमा सवार सोही नगरपालिका-१५ की ४० वर्षीया आरती उराउको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिटी सफारी चालक र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका-४ हलगडा चोकस्थित सडकमा प्रदेश १-२-००२ ख १३२८ नम्बरको ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट सोही उपमहानगरपालिका-५ बस्ने ७५ वर्षीया पद्मकुमारी खड्काको सोमबार बिहान मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?