+
+
Shares

काठमाडौंको कुमारीगालमा ४ तलाबाट खसेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कुमारीगालमा घरको चौथो तलाबाट खसेर ४९ वर्षीय नवीन अग्रवालको मृत्यु भएको छ ।
  • घटनाको बारेमा जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले सो घटना पुष्टि गर्नुभएको छ ।
  • प्रहरीले शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी गरिरहेको छ ।

५ साउन, काठमाडौं । काठमाडौंको कुमारीगालमा चार तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कुमारीगाल डेरा गरी बस्ने ४९ वर्षीय नवीन अग्रवाल छन् । घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

प्रारम्भिक अनुसन्धानको क्रममा चौथो तलाबाट खसेको प्रहरीले बताएको छ ।

उनको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?