+
+
Shares

विश्वकप फाइनल हेर्ने क्रममा भक्तपुरमा झडप, १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १७:०१
सांकेतिक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकपको फाइनल हेर्ने क्रममा भक्तपुरको घ्याम्पेडाँडामा भएको झडपमा परी बर्दियाका २६ वर्षीय राज कार्कीको मृत्यु भएको छ ।
  • घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
  • कुटपिटबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा सोमबार मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कार्कीले बताए ।

५ साउन, काठमाडौं । फिफा विश्वकपको फाइनल हेर्ने क्रममा भक्तपुरमा झडप हुँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया घर भएका २६ वर्षीय राज कार्की रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कार्कीले बताए ।

उनका अनुसार यो घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेर म्याद थप गरिएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइएको छ । स्क्रिनिङ गरेर जो संलग्न छ उनीहरूमाथि मात्रै मुद्दा चलाउने प्रहरीको तयारी छ ।

भक्तपुरको घ्याम्पेडाँडास्थित होटलमा विश्वकपको फाइनल हेर्ने क्रममा विवाद हुँदा कुटाकुट भएको प्रहरीले बताएको छ । कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा सोमबार मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?