+
+
Shares

कर्मचारी कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ 

रासस रासस
२०८३ साउन ५ गते १७:०४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय पटेललाई कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • गत २३ असारमा गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा वडाध्यक्ष पटेललाई पक्राउ गरिएको डीएसपी चक्र मल्लले जानकारी दिनुभयो ।
  • प्रहरीले पक्राउ परेका वडाध्यक्ष पटेललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने तयारी गरेको र घटनामा संलग्न अन्य आरोपितहरूको खोजीकार्य जारी राखेको छ ।

५ साउन, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाले गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा उनलाई आज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष पटेललाई गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत उहाँकै गाउँ हरिहरपुर विर्ताबाट पक्राउ गरिएको डीएसपी चक्र मल्लले जानकारी दिए ।

घटनाको विरोधमा कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए ।

गत २३ असारमा गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार गरिएको कर्मचारीहरूको भनाइ छ ।

प्रहरीले वडाध्यक्ष पटेललाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने तयारी गरेको प्रवक्ता चक्र मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य आरोपितहरूको खोजीकार्य भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?