News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश फर्कने तयारी गर्दै मुलुकमा प्रतिशोधको भावना त्यागेर राष्ट्रिय सहकार्य र संवादको आवश्यकतामा जोड दिएका छन् ।
- देउवाले आफ्नो सन्देशमा भनेका छन्, 'प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ ।'
- स्वास्थ्य उपचारका लागि हङकङ पुगेका नेपाली कांग्रेसका निवर्तमान सभापति देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना र राष्ट्रप्रेममा आफूलाई पूर्ण आस्था रहेको बताएका छन् ।
५ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।
देउवाले एक सन्देश जारी गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी गराएका हुन् । उक्त सन्देशमा देउवाले अहिले देशले प्रतिशोध नभइ सहकार्य चाहेको उल्लेख गरेका छन् ।
‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ,’ देउवाले आफ्नो सन्देशमा भनेका छन् ।
साथै, उनले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्ने सन्देशमा उल्लेख गरेका छन् ।
आफू सोही विश्वासका साथ पुन: नेपाली भूमिमा पाइला टेक्न लागेको उनले बताएका छन् ।
वर्तमान परिस्थितिले हामी सबैलाई अझ व्यापक दृष्टिकोण, अझ गहिरो सहकार्य र अझ दृढ राष्ट्रिय संकल्पको आवश्यकता महसुस गराएको उनले बताएका छन् ।
‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ । अविश्वास होइन, विश्वास चाहिएको छ,’ देउवाले भनेका छन्, ‘सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु ।’
उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । पूर्वसभापति देउवा त्यसअघि १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।

प्रतिक्रिया 4