+
+
Shares

तुरुन्तै दु:खी र तुरुन्तै खुसी हुने स्वभावका बच्चालाई कस्तो व्यवहार गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिभावकले बालबालिकाको संवेदनशीलतालाई उनीहरूको कमजोरी नभई शक्ति हो भनी प्रोत्साहित र सम्मान गर्नुपर्छ।

हरेक बच्चाको स्वभाव फरक हुन्छ । उनीहरूको आफूलाई व्यक्त गर्ने तरिका पनि फरक हुन्छ । केही बच्चाहरूले आफ्ना भावनाहरू खुलेर व्यक्त गर्छन् । कोही व्यक्ति गर्न सक्दैनन् । कोही समूहमा घुलमिल भएर समाउन खालका हुन्छन् भने कोही एकान्त मन पराउने हुन्छन् ।

कतिपय बालबालिकाहरू सानो कुरामा पनि भावनात्मक परिवर्तन देखाउने खालका हुन्छन् । अति संवेदनशील बच्चाहरूले तुरुन्तै खुसी हुन्छन् र तुरुन्तै दुःखी पनि हुन्छन् । कसैलाई परेको पीडा देखेर, कुनै नराम्रो घटना तथा परिस्थितिले पनि उनीहरूलाई भावुक बनाइहाल्छ र आँसु झारिहाल्छन् ।

कोलाहलपूर्ण वातावरणले उनीहरूलाई विचलित पार्छ । सुन्दर चीजहरू वा कसैको दयालु व्यवहारले उनीहरूलाई प्रेरित गर्छ । यद्यपि, यही स्वभावले उनीहरूमा समस्या निम्त्याउन सक्छ । उनीहरूको यस्तो बानीलाई लिएर कहिलेकाहीं साथीहरू वा अरू कसैले जिस्क्याउने खिसिट्युरी गर्ने पनि हुन सक्छ ।

यस्ता बालबालिकालाई अभिभावकले कसरी सहयोग गर्ने ?

–उनीहरूको भावनालाई कदर गर्ने

–बच्चा रोयो भने, तिनीहरूलाई चुप लगाउन झन गाली नगर्ने ।

–उनीहरूलाई आफ्ना भावनाहरू व्यक्त गर्न प्रोत्साहित गर्ने ।

–अरूप्रति संवेदनशील हुनु राम्रो गुण हो भनेर बच्चालाई विश्वस्त बनाउने ।

–उनीहरूको गहिरो सोच उनीहरूको शक्ति हो भनेर चिनाउने ।

–यदि कसैले तपाईंको बच्चालाई संवेदनशील भएकोमा खिसी गर्छ, उडाउँछ भने तिनीहरूलाई रोक्नुपर्छ । चाहे त्यो शिक्षक होस्, परिवारको सदस्य होस्, वा सहपाठी होस् उनीहरूले बच्चालाई त्यस्तो व्यवहार   गर्छन् भने त्यसलाई समर्थन गर्नु हुँदैन बरू रोक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?