+
+
Shares

शुक्रबारदेखि २६ अमेरिकी राज्यका ५६ सहरबाट रिलिज हुँदै ‘गौंथली’

पहिलो साता हजारभन्दा धेरै शो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा प्रदर्शनरत फिल्म ‘गौंथली’ शुक्रबारदेखि अमेरिकाका २६ राज्यका ५६ सहरमा एक हजारभन्दा धेरै शोसहित प्रदर्शन हुने भएको छ ।
  • सेभेन सिज इन्टरनेसनलका अनुसार फिल्मको अमेरिका प्रिमियर बिहीबार तीनवटा सहरमा हुँदैछ ।
  • कपिल रिजाल निर्देशित यस फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य भूमिका रहेको छ ।

काठमाडौैं । नेपालका हलमा प्रदर्शन भैरहेको फिल्म ‘गौंथली’ शुक्रबारदेखि अमेरिकामा रिलिज हुने भएको छ । वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले विज्ञप्ति जारी गर्दै २४ जुलाईदेखि अमेरिकाभर प्रदर्शन हुन लागेको जनाएको हो ।

अमेरिकामा रहेका नेपाली दर्शकको मागलाई ध्यान दिँदै २६ राज्यका ५६ सहरमा पहिलो सातामै १ हजारभन्दा धेरै शोसहित प्रदर्शनमा ल्याउन लागिएको उल्लेख छ ।

प्रदर्शनअघि बिहीबार तीन सहरमा प्रिभ्यू शोज (अमेरिका प्रिमियर) राखिएको छ । डलासको फोर्ट वर्थ, टेक्सासको सिनेपोलिस लक्जरी सिनेमाज र ह्यारिसबर्ग, पेन्सिलभेनियाको रिगल थिएटर र कोलम्बस, ओहायोको मार्कस थिएटरमा दर्शकले फिल्म हेर्न पाउनेछन् ।

शुक्रबारदेखि भने २६ राज्यमा फिल्म लाग्दैछ । टेक्सासका ९ हलमा, ओहायोका ७, क्यालिफोर्नियाका ४, न्युयोर्कका ४, आयोवाका ३, पेन्सिलभेनियाका ३ हलमा फिल्म रिलिज हुनेछन् । एरिजोनाका, कोलोराडो, केन्टकी, मिजौरी, भर्जिनिया र वासिङ्टन डीसीका २/२ हलमा फिल्म लाग्नेछ ।

अलास्का, जर्जिया, इलिनोइस, मेरिल्यान्ड, नेब्रास्का, नेभाडा, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओक्लाहोमा, ओरेगन, साउथ डकोटा, टेनेसी, युटाह र विस्कन्सिनका एक-एक हलमा फिल्म नियमित प्रदर्शन हुने उल्लेख छ ।

कपिल रिजाल निर्देशित फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्काको शीर्ष भूमिका छ । मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संजोग रसाइली, सीतादेवी तिमल्सिना, लक्ष्मीनाथ तिमल्सिना, राजेन्द्र नेपाली, अंशु ओली र प्रिन्स नेपालीको पनि अभिनय छ ।

शिक्षा, महिला सशक्तीकरण र एक संवेदनशील प्रेम कथालाई केन्द्रमा राखिएको फिल्ममा वरिष्ठ चिकित्सक भोला रिजालको कथा र उनकी पत्नी सरला रिजालको वास्तविक जीवन संघर्षबाट प्रेरित छ ।

सानै उमेरमा विवाह भए पनि पढाइप्रतिको दृढ संकल्प नछाड्ने ग्रामीण युवती (सिम्रन खड्का) र अटिजम स्पेक्ट्रममा रहेका युवक (अरुण क्षेत्री) बीचको भावनात्मक सम्बन्ध र वैवाहिक यात्रालाई चलचित्रमा निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलको वेबसाइट र सामाजिक संजाल पृष्ठबाट समेत टिकट लिन सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?