+
+
Shares

‘एक्का तीन’ मा जोडिइन् कविता नेपाली

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री कविता नेपाली आगामी एक्सन फिल्म ‘एक्का तीन’मा मुख्य भूमिकाका लागि अनुबन्धित भएकी छिन् ।
  • निर्देशक रुपेश तामाङले भदौबाट छायांकन सुरु हुने फिल्मका लागि कवितासँगै पूजा शर्मा र पुष्प खड्का मुख्य कलाकार रहेको बताएका छन् ।
  • फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् भने यसको निर्माण जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा हुने भएको छ ।

काठमाडौं । फिल्म अभिनेत्री, डान्सर तथा टिभी पर्सनालिटी कविता नेपाली आगामी फिल्म ‘एक्का तीन’मा अनुबन्धित भएकी छन् ।

मुख्य अभिनेत्रीको रुपमा उनलाई कास्ट गरिएको निर्देशक रुपेश तामाङले बताए ।

यो फिल्ममा यसअघि नै पूजा शर्मा र पुष्प खड्का फाइनल भइसकेका छन् । भदौबाट छायांकनमा जाने यो फिल्मका लागि मुख्य तीन कलाकारको लाइनअप पूरा भएको छ ।

कविता भित्रिएपछि निर्देशक तामाङले भने- ‘यो एक्सन जनराको फिल्म हो । कविताजीको एक्सनलाई पनि दर्शकले रुचाएका छन् । यसैले, उहाँलाई हामीले उहाँकै जन्मदिनको अवसरमा अनुबन्धित गरेका हौं ।’

फिल्ममा पूजा र कविताबिच कडा टक्कर हुने निर्देशक तामाङको भनाई छ । तीन पात्रको कथामा तयार हुन लागेको यो फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्मलाई सुमन गजमेरले लेखेका हुन् ।

कविताले यसअघि फिल्म ‘एक्लो’मा काम गरिसकेकी छिन् । उनको एक्सनलाई दर्शकले यो फिल्ममा रुचाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?