News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल कजाखस्तानसँग ३-२ को सेटमा पराजित भएको छ ।
- कडा प्रतिस्पर्धात्मक खेलमा कजाखस्तानले नेपाललाई २५-१९, २५-२१, ३२-३४, १९-२५ र १५-९ को सेटमा पराजित गर्दै जित निकालेको हो ।
- नेपाली टोलीका प६ खेलाडी राजेन्द्र धामी, हिमाल सुनारी, दिपेश कुँवर, सुरज चुनारा, सन्तोष विक र सरोज बर्देवाले आजको खेलमार्फत सिनियर टिममा डेब्यु गरेका छन् ।
६ साउन, काठमाडौं । पाकिस्तानको इस्लामावादमा बुधबारदेखि सुरु भएको काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत प्रतिस्पर्धात्मक खेमा नेपाल कजाखस्तानसँग पराजित भएको छ ।
इस्लामावदस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा तुलनात्मक रुपमा बलियो टोली कजाखस्तानलाई नेपालले कडा टक्कर दिएपनि पाँच सेटको थ्रिलरमा ३-२ सेटले पराजित भएको हो । कजाखस्तानले नेपाललाई २५-१९, २५-२१, ३२-३४, १९-२५,१५-९ ले पराजित गरेको हो ।
सुरुवाती दुई सेटमा सुरुवात देखि नै पछि परेको नेपालले कजाखस्तानलाई तेस्रो सेटमा भने कडा टक्कर दिएको थियो । तेस्रो सेटमा नेपालले अंक अन्तर कम बनाउँदै कजाखस्तानलाई पछ्याएको थियो । १७-१७ र १८-१८ मा बराबरी गर्न सफल भएको नेपाल त्यसपछि भने पछि परेको थियो । तर नेपालले कमब्याक गर्दै २२-२२ मा स्कोर बराबरी गर्दै अग्रता बनाएको थियो ।
नेपालले लगातार दुई अंक जोड्दै २४-२२ को अग्रता बनाएको थियो । तर कजाखस्तानले टाइमआउट लिँदै लगातार दुई अंक जोडेर २४-२४ को बराबरी गर्यो । नेपालले लगातार दुई सेट प्वाइन्ट पाएको थियो । तर कजाखस्तानले दुवै पटक कमब्याक गर्दै बराबरी गर्यो । त्यसपछि कजाखस्तानले पनि लगातार चार पटक म्याच प्वाइन्टको अवसर पायो ।
चारै पटक नेपालले कमब्याक गर्दै ३०-३० को बराबरी गरेको थियो । त्यसपछि नेपालले सेट प्वाइन्टको अवसर पाएपनि सदुपयोग गर्न सकेन । कजाखस्तानले फेरि सेट प्वाइन्टको अवसर सदुपयोग गर्न नसक्दा स्कोर ३२-३२ भयो । त्यसपछि नेपालले लगातार दुई अंक जोड्दै तेस्रो सेट टाईब्रेकमा ३४-३२ ले आफ्नो पक्षमा पारेको हो ।
चाैथो सेटमा पनि नेपालले सुरुवात देखि नै अग्रता बनायो र २५-१९ ले आफ्नो पक्षमा पार्दै खेल २-२ को बराबरीमा पुर्यायो । पाँचाै तथा निर्णायक सेटमा भने कजाखस्तानले १५-९ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । पाँच सेटमा पुगेकोले कजाखस्तानले २ अंक जोड्दा नेपालले १ अंक जोड्न सफल भयो ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाको कार्यक्रम अनुसार पाकिस्तान भलिबल फेडेरेसनको आयोजनामा भइरहेको च्याम्पियनसिपमा कुल ६ राष्ट्रको सहभागिता छ । आजै उज्वेकिस्तान र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीच पनि खेल हुनेछ ।
६ खेलाडीको डेब्यु
कजाखस्तान विरुद्ध ५ नेपाली खेलाडीले सिनियर टिममा डेब्यु गरेका। राजेन्द्र धाम, हिमाल सुनारी, दिपेश कुँवर, सुरज चुनारा, सन्तोष विक र सरोज बर्देवाले कजाखस्तान विरुद्ध खेल्दै नेपालको सिनियर टिममा इन्ट्री मारेका हुन् ।
हरिहजुर थापाको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली टोलीमा यस पटक ६ नयाँ खेलाडी समावेश थिए । जसमा स्पाइकर राजेन्द्र धामीले पहिलो सेटमको प्लेइङ सेटमै रहेर डेब्यु गरे । त्यसपछि अन्य खेलाडीले पनि डेब्युका अवसर पाएका हुन् । पहिलो पटक राष्ट्रिय टिममा खेल्दा नै खेलाडीहरुले राम्रो प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया 4