७ साउन, काठमाडौं । तेह्रथुमको आठराई नगरपालिका ६ सिमखर्कमा एक महिलाको हत्या भएको छ । स्थानीय ५१ वर्षीया रूपा लिम्बूको गएराति हत्या भएको हो ।
गए राति ११ बजे सोही स्थानका ३८ वर्षीय कृष्ण बहादुर लिम्बूले रूपालाई घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
खुकुरी प्रहारको कारण खुलेको छैन । प्रहरीले कृष्ण बहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु
यसैगरी मोरङको उर्लाबारी नगरपालिका ४ खुर्सानी बारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया पवित्रा बास्तोला छिन् ।
आफ्नै घरमा रहेको घाँस काट्ने मेसिनबाट हिजो साँझ सवा ६ बजे उनलाई करेन्ट लागेको थियो ।
उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया 4