+
फिफा विश्वकप २०२६ :

मेसी, एमबाप्पे, हालान्डसँगै भोजिन्हा पनि विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा, अरु को-को अटाए?

२०८३ साउन  ७ गते ९:१८ २०८३ साउन ७ गते ९:१८

६ राष्ट्रका खेलाडी समावेश यस टिमको फर्मेसन ४–३–३ रहेको छ । स्पेन, फ्रान्स र अर्जेन्टिनाबाहेक इंग्ल्यान्ड, नर्वे र केप भर्डेबाट १-१ खेलाडी छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफाले विश्वकप २०२६ को उत्कृष्ट ११ खेलाडीसहितको ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको छ ।
  • च्याम्पियन स्पेन र फ्रान्सबाट समान तीन–तीन तथा उपविजेता अर्जेन्टिनाबाट दुई खेलाडी टिममा परेका छन् ।
  • ४–३–३ फर्मेसनमा रहेको यस टिममा इंग्ल्यान्ड, नर्वे र केप भर्डेका एक–एक खेलाडी समावेश छन् ।

७ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को टिम अफ दि टुर्नामेन्ट सार्वजनिक भएको छ । फिफाले सार्वजनिक गरेको टिम अफ दि टुर्नामेन्टमा च्याम्पियन स्पेनका ३ खेलाडी समावेश भएका छन् ।

यस्तै सेमिफाइनलमा पराजित फ्रान्सबाट पनि ३ खेलाडी समावेश हादा उपविजेता अर्जेन्टिनाका २ खेलाडी मात्र छन् ।

अमेरिका, मेक्सिको र क्यानडामा भएको विश्वकपमा १०४ खेलपछि उत्कृष्ट प्रदर्शन गर्ने ११ खेलाडी समावेश गरेर टिम अफ दि टुर्नामेन्ट बनाइएको हो ।

६ राष्ट्रका खेलाडी समावेश यस टिमको फर्मेसन ४–३–३ रहेको छ । स्पेन, फ्रान्स र अर्जेन्टिनाबाहेक इंग्ल्यान्ड, नर्वे र केप भर्डेबाट १-१ खेलाडी छन् ।

च्याम्पियन स्पेनका कप्तान रोड्रीसहित डिफेण्डर पेड्रो पोरो र मार्क कुकुरेया टिम अफ दि टुर्नामेन्टमा समावेश भएका छन् । उपविजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसी र डिफेण्डर लिसान्ड्रो मार्टिनेज छन् भने फ्रान्सबाट कप्तान किलियन एमबाप्पे, माइकल ओलिसे र डायो उपामेकानो समावेश छन् ।

अर्को सेमिफाइनलिस्ट टोली इंग्ल्यान्डबाट जुड बेलिङघम मात्र अटाएका छन् ।

यस्तै नर्वेलाई पहिलो पटक क्वाटरफाइनलसम्म पुर्‍याएका स्ट्राइकर एर्लिङ हालान्ड पनि टिममा समावेश छन् भने पहिलो पटक विश्वक खेल्दै सानदार प्रदर्शान गरेका केप भर्डेका गोलकिपर भोजिन्नहा समेत यस टिममा छन् ।

४० वर्षीय गोलकिपर भोजिन्हाले प्रतियोगिताको पहिलो खेलमै स्पेनलाई गोलरहित बराबरीमा रोक्दा सानदार प्रदर्शन गरेका थिए भने राउण्ड अफ ३२ मा पनि अर्जेन्टिना विरुद्ध उत्कृष्ट खेलेका थिए ।

फिफा विश्वकप २०२६ ‘टिम अफ द टुर्नामेन्ट’ (४–३–३)

गोलकिपर: भोजिन्हा (केप भर्डे)

डिफेन्डर: पेड्रो पोरो (स्पेन), डायो उपामेकानो (फ्रान्स), लिसान्द्रो मार्टिनेज (अर्जेन्टिना), मार्क कुकुरेया (स्पेन)

मिडफिल्डर : रोड्री (स्पेन), जुड बेलिङघम (इङ्ल्यान्ड), माइकल ओलिसे (फ्रान्स)

फरवार्ड : लियोनल मेसी (अर्जेन्टिना), एर्लिङ हालान्ड (नर्वे), किलियन एमबाप्पे (फ्रान्स)

टिम अफ दि टुर्नामेन्ट फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय