+
+
Shares

टेक्सास : जहाँ डिग्रीसँगै सपनालाई आकार दिने सीप सिकाइन्छ

प्रविधि परिवर्तन भइरहेको छ, रोजगारीका क्षेत्र बदलिरहेका छन् र विद्यार्थीका आकांक्षाहरू पनि फराकिला हुँदै गएका छन् ।

मनिषा थापा मनिषा थापा
२०८३ साउन २२ गते १०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २००९ मा ८० विद्यार्थीबाट सुरु भएको टेक्सास एजुकेशन नेटवर्कले डेढ दशकको अवधिमा शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण उपस्थिति बनाएको छ।
  • कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै एआई, साइबर सुरक्षा र उद्यमशीलतासम्बन्धी व्यावहारिक सीप प्रदान गर्न विशेष जोड दिएको छ।
  • शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग जोड्दै विद्यार्थीलाई आत्मनिर्भर र सक्षम बनाउने लक्ष्य टेक्सासको छ ।

कुनै पनि संस्था ठूलो आकारमा देखिनुभन्दा अगाडि एउटा सानो सुरुवात हुन्छ । त्यो सुरुवातसँगै जोडिएको हुन्छ, एउटा सपना, केही चुनौती र भविष्यप्रतिको विश्वास ।

सन् २००९ मा करिब ८० जना विद्यार्थी लिएर कक्षा ११ को पढाइ सुरु गर्दा टेक्सास इन्टरनेशनल कलेजसँग पनि यस्तै एउटा सपना थियो । नयाँ संस्थाका लागि सबैभन्दा ठूलो चुनौती भवन वा कक्षा सञ्चालन गर्नु मात्र थिएन, अभिभावक र विद्यार्थीको विश्वास जित्नु थियो ।

समयसँगै बदलिँदो समाज, रोजगारीको आवश्यकता र शिक्षाको नयाँ स्वरूपलाई बुझेर एउटा यस्तो संस्था निर्माण गर्ने सोचबाट यो सुरु भएको थियो विद्यार्थीले प्रमाणपत्र मात्र होइन, भविष्यका लागि आवश्यक क्षमता पनि विकास गर्न सकुन् भन्ने मुख्य लक्ष्य रहेको थियो ।

करिब डेढ दशकको यात्रामा विद्यालय तहदेखि उच्च शिक्षासम्म फैलिएको टेक्सस एजुकेशन नेटवर्कले व्यवस्थापन, सूचना प्रविधि, आतिथ्य व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति बनाएको छ।

‘एउटा कलेज होइन, दीर्घकालीन शैक्षिक संस्था बनाउने सोच थियो’

टेक्सासका प्रबन्ध निर्देशक जितेन्द्र कुमार बखुका लागि शिक्षा क्षेत्रको यात्रा व्यवसायिक विस्तारको विषय मात्र थिएन । यसको केन्द्रमा थियो, गुणस्तरीय शिक्षा प्रदान गर्ने र बदलिँदो समयसँगै विद्यार्थीलाई तयार गर्ने सोच । सुरुवाती चरणमा थोरै विद्यार्थी र सीमित स्रोतसाधन भए पनि लक्ष्य भने ठूलो थियो । नयाँ संस्था भएकाले विश्वास निर्माण गर्नु चुनौती थियो । तर शिक्षाको गुणस्तर, व्यवस्थापन प्रणाली र विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर अघि बढ्दा विस्तारको बाटो खुल्दै गयो ।

बखुका अनुसार शैक्षिक संस्थाको सफलता भौतिक पूर्वाधार वा विद्यार्थी संख्याले मापन हुँदैन । संस्थाको वास्तविक मूल्यांकन त्यसले तयार गर्ने जनशक्ति, विकास गर्ने सोच र समाजमा पुर्‍याउने योगदानबाट हुन्छ । यही विचारमा टेकेर टेक्सासले आफ्नो यात्रालाई क्रमशः फराकिलो बनाउँदै लग्यो ।

सुरुमा कक्षा ११ र १२ बाट सुरु भएको टेक्सासको यात्रा विस्तार हुँदै जाँदा उच्च शिक्षाका विभिन्न क्षेत्रमा प्रवेश गर्‍यो ।

आज टेक्सस इन्टरनेशनल कलेज र टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी मार्फत फरक–फरक शैक्षिक धारका कार्यक्रम सञ्चालन भइरहेका छन् । एउटा धारले नेपालको विश्वविद्यालय प्रणालीसँग जोडिएर शिक्षा प्रदान गर्छ भने अर्को धारले अन्तर्राष्ट्रिय सहकार्यमा आधारित कार्यक्रममार्फत विद्यार्थीलाई विश्वस्तरीय पाठ्यक्रमसँग जोड्ने प्रयास गरेको छ ।

टेक्सासको विकासमा यही विविधता एउटा महत्त्वपूर्ण पक्ष बनेको छ । विद्यार्थीको रुचि, क्षमता र भविष्यको लक्ष्यअनुसार फरक शैक्षिक विकल्प उपलब्ध गराउने प्रयास गरिएको छ ।

समयसँगै बदलिएको शिक्षाको परिभाषा

शिक्षा क्षेत्र स्थिर रहन सक्दैन । केही वर्षअघिसम्म राम्रो नतिजा र प्रमाणपत्रलाई शिक्षाको मुख्य उपलब्धि मानिन्थ्यो । तर अहिलेको विश्वमा परिस्थिति बदलिएको छ । प्रविधिको तीव्र विकास, नयाँ रोजगारीका क्षेत्र र विश्वव्यापी प्रतिस्पर्धाले शिक्षाको उद्देश्यलाई पनि फराकिलो बनाएको छ ।

टेक्सासका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ भन्छन्, ‘आजको शिक्षा विद्यार्थीलाई परीक्षामा पास गराउने मात्र होइन, उनीहरूलाई भविष्यका चुनौती सामना गर्न सक्ने बनाउने प्रक्रिया हो ।’ उनका अनुसार कक्षाकोठाभित्र सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सक्ने क्षमता आजको शिक्षाको सबैभन्दा ठूलो आवश्यकता हो । त्यसैले, टेक्सासले अध्यापनसँगै व्यवहारिक सिकाइ, परियोजनामा आधारित अभ्यास र प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको श्रेष्ठ बताउँछन् ।

नेपाली र अन्तर्राष्ट्रिय शिक्षाबीचको पुल बन्दै

नेपाली विश्वविद्यालय प्रणाली र अन्तर्राष्ट्रिय शिक्षाको अवसरलाई एउटै नेटवर्कभित्र जोड्ने प्रयास गरेको टेक्सस दावी गर्छ । टेक्सस इन्टरनेशनल कलेजमार्फत त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कार्यक्रम सञ्चालन भइरहेका छन् । नेपाली शिक्षा प्रणाली, स्थानीय आवश्यकता र राष्ट्रिय पाठ्यक्रमलाई आधार बनाएर विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरिन्छ ।

त्यस्तै, टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले अन्तर्राष्ट्रिय सहकार्यमा आधारित कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सूचना प्रविधि, व्यवस्थापन र आतिथ्य क्षेत्रका कार्यक्रममार्फत विद्यार्थीलाई विश्वस्तरीय पाठ्यक्रम र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्ने प्रयास गरिएको छ ।

अन्तर्राष्ट्रिय शिक्षाको अवसरका लागि हरेक विद्यार्थी विदेश जानुपर्ने अवस्था नरहोस् भन्ने उद्देश्यले नेपालमै गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने सोच अघि बढाइएको प्रबन्ध निर्देशक बखुको भनाइ छ ।

एआईदेखि साइबर सुरक्षासम्म

विश्व एआईको युगमा प्रवेश गरिसकेको छ । एआई, साइबर सुरक्षा, डेटा प्रविधि र डिजिटल प्रणालीले शिक्षा तथा रोजगारी दुवैको स्वरूप परिवर्तन गरिरहेका छन् ।यही परिवर्तनलाई ध्यानमा राख्दै टेक्सासले सूचना प्रविधिसम्बन्धी कार्यक्रम र पूर्वाधार विस्तार गरेको छ ।

एआई ल्याब, रोबोटिक्स ल्याब, साइबर सेक्युरिटी ल्याब जस्ता प्रयोगशालाले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी प्रयोग र अभ्यासमार्फत सिक्ने अवसर प्रदान गर्ने उद्देश्य राख्छन् ।

डा. श्रेष्ठका अनुसार प्रविधि आफैंमा लक्ष्य होइन, विद्यार्थीको क्षमता विकास गर्ने माध्यम हो । प्रविधिको सही प्रयोग गर्दै समस्या समाधान गर्न सक्ने जनशक्ति निर्माण गर्नु आजको शिक्षाको आवश्यकता हो ।

व्यवस्थापन र आतिथ्य क्षेत्रमा पनि नयाँ अवसर

टेक्नोलोजी मात्र होइन, व्यवस्थापन र आतिथ्य क्षेत्र पनि नेपालको रोजगार बजारमा महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास भइरहेको छ । टेक्सासले व्यवस्थापन र होटल व्यवस्थापनसँग सम्बन्धित कार्यक्रममार्फत विद्यार्थीलाई नेतृत्व, व्यवस्थापन क्षमता र सेवा क्षेत्रको व्यावसायिक ज्ञान प्रदान गर्ने प्रयास गरेको छ ।

विशेषगरी आतिथ्य उद्योगमा विश्वव्यापी अवसर बढिरहेका बेला यस क्षेत्रका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको सीप र अभ्याससँग जोड्नु आवश्यक रहेको कलेजको धारणा छ ।

डिग्रीसँगै क्षमता विकास आवश्यक

आज रोजगार बजारले शैक्षिक प्रमाणपत्र मात्र खोज्दैन । संस्थाहरूले समस्या समाधान गर्न सक्ने, नयाँ कुरा सिक्न सक्ने र व्यवहारिक रूपमा काम गर्न सक्ने जनशक्ति खोजिरहेका छन् ।

यही यथार्थलाई आत्मसाथ गर्दै टेक्सासले करियर सेवा, उद्योगसँगको सहकार्य, इन्टर्नशिप र परियोजनामूलक सिकाइलाई आफ्नो शैक्षिक प्रणालीको हिस्सा बनाएको छ । प्रधानाध्यापक डा. श्याम सुन्दर श्रेष्ठका अनुसार शिक्षाको अन्तिम उद्देश्य विद्यार्थीलाई आत्मनिर्भर र सक्षम बनाउनु हो ।

शिक्षाको केन्द्रमा विद्यार्थीको भविष्य

शिक्षा क्षेत्रमा अहिले सबैभन्दा ठूलो प्रश्न छ, कलेजले विद्यार्थीलाई भविष्यका लागि कति तयार बनाउँछ ?

प्रबन्ध निर्देशक बखुका अनुसार कुनै पनि शैक्षिक संस्थाको यात्रा विगतका उपलब्धिमा अडिँदैन । समयसँगै आउने परिवर्तनलाई आत्मसात् गर्दै निरन्तर आफूलाई परिमार्जन गर्न सक्ने संस्थामात्र दीर्घकालसम्म सान्दर्भिक रहन्छ ।

‘प्रविधि परिवर्तन भइरहेको छ, रोजगारीका क्षेत्र बदलिरहेका छन् र विद्यार्थीका आकांक्षाहरू पनि फराकिला हुँदै गएका छन् । शैक्षिक संस्थाले पनि समयसँगै आफूलाई रूपान्तरण गर्दै अघि बढ्नुपर्छ । हामी त्यही यात्रामा छौँ‘ बखु भन्छन् ।

उनका अनुसार टेक्सासको उद्देश्य विद्यार्थीलाई केवल रोजगारी खोज्ने जनशक्ति बनाउनु मात्र होइन, आफ्नै अवसर सिर्जना गर्न सक्ने उद्यमीका रूपमा पनि विकास गर्नु हो । यही सोचलाई व्यवहारमा उतार्न कलेजले केही वर्षयता ‘उद्यमशीलता तथा नवप्रवर्तन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।

अहिलेसम्म तीन हजारभन्दा बढी विद्यार्थी यस कार्यक्रममा सहभागी भइसकेका छन् भने तीन दर्जनभन्दा बढी विद्यार्थीले आफ्नै व्यवसाय सुरु गरिसकेका उनी सुनाउँछन् । प्रत्येक विद्यार्थीलाई स्वरोजगार र व्यवसायिकरूपमा अब्बल बनाउने अभियानअन्तर्गत शिक्षा र व्यवसायलाई जोड्ने काम गरिरहेको उनको दावी छ ।

यही सोचलाई शैक्षिक अभ्यासमा रूपान्तरण गर्ने जिम्मेवारी शिक्षक र संस्थाको हुने कलेजका प्रिन्सिपल श्रेष्ठ बताउँछन् । ‘शिक्षाले विद्यार्थीलाई डिग्रीसँगै सोच्ने, सिर्जना गर्ने र नेतृत्व गर्न सक्ने क्षमता दिनुपर्छ’ उनी भन्छन्, ‘त्यसैले शिक्षणलाई कक्षाकोठाभन्दा बाहिर लैजाँदै अनुसन्धान, प्रयोग, प्रविधि र व्यवहारिक सिकाइसँग जोडिरहेका छौँ ।’

दुई फरक धार, एउटै उद्देश्य

टेक्सासको विशेषता भनेको यसले एउटै संस्थागत सोचभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै शैक्षिक अवसरलाई समेट्ने प्रयास गरेको छ ।

एकातिर त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कार्यक्रममार्फत नेपाली उच्च शिक्षा प्रणालीअनुसार अध्ययन गर्ने अवसर उपलब्ध छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय सहकार्यमा आधारित कार्यक्रमले विद्यार्थीलाई विश्वव्यापी अभ्याससँग जोड्ने प्रयास गरेको छ । यसले विद्यार्थीलाई आफ्नो आवश्यकता र लक्ष्यअनुसार फरक बाटो रोज्ने अवसर प्रदान गरेको छ ।

टेक्सास किन फरक ?

अधिकांश कलेजले आधुनिक पूर्वाधार, नयाँ कार्यक्रम र राम्रो नतिजाको दावी गर्छन् । तर टेक्सास आफूलाई त्यसमा मात्र सीमित राख्न चाहँदैन । यहाँ पढाइलाई कक्षाकोठा भित्रको अध्यापनमा मात्र सीमित नराखी विद्यार्थीको समग्र विकाससँग जोड्ने प्रयास गरिएको छ ।

 शैक्षिक कार्यक्रमसँगै उद्यमशीलता, नवप्रवर्तन, नेतृत्व विकास, तालिम, अनुसन्धान, उद्योगसँगको सहकार्य र अध्यात्मलाई पनि सिकाइको अभिन्न हिस्सा बनाइएको छ । संस्थाको विश्वासमा भविष्यको सफल विद्यार्थी केवल राम्रो अंक ल्याउने होइन, नयाँ सोच विकास गर्ने, अवसर सिर्जना गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने व्यक्ति हुनुपर्छ ।

निरन्तर परिवर्तनको यात्रामा टेक्सास

तालिम, नेतृत्व विकास, उद्यमशीलता र नवप्रवर्तनसँगै अध्यात्मलाई पनि विद्यार्थीको समग्र व्यक्तित्व विकासको महत्त्वपूर्ण आधार मानेर प्राथमिकता दिइएको छ । सन् २००९ मा ८० विद्यार्थीबाट सुरु भएको एउटा यात्रा आज हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको छ । तर टेक्सासका लागि यो यात्रा अझै पूरा भएको छैन ।

टेक्सासको ध्यान अब ‘विद्यार्थीले कति डिग्री पाए ?’ भन्नेमा होइन, ‘उसले समाजका लागि कति मूल्य सिर्जना गर्न सक्छ ?’ भन्ने प्रश्नमा केन्द्रित देखिन्छ ।

सम्भवतः यही सोचले टेक्सासलाई कक्षाकोठाभन्दा परको शिक्षाको अभ्यास गर्ने संस्थाका रूपमा चिनाउने प्रयास गरिरहेको छ ।

 

 

 

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?