News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको चंखेली गाउँपालिका-१ मा रहेको दूधेदह आधारभूत विद्यालयमा शिक्षक मानबहादुर शाही चार महिनादेखि अनुपस्थित रहँदा पठनपाठन पूर्णरूपमा प्रभावित भएको छ।
- शिक्षक विद्यालयमा नआएपछि आक्रोशित विद्यार्थीहरूले तत्काल शिक्षकको व्यवस्था गर्न माग गर्दै गाउँपालिका कार्यालय घेराउ गरेका छन्।
- गाउँपालिकाका शिक्षा शाखा प्रमुख उदिम धितालका अनुसार शिक्षक शाही आइतबारदेखि विद्यालयमा उपस्थित हुने सहमति भएको छ।
७ साउन, हुम्ला । यहाँको चंखेली गाउँपालिका-१ रिमिस्थित दूधेदह आधारभूत विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भनेको छ । गाउँपालिकाले उक्त विद्यालयमा खटाएका शिक्षक मानबहादुर शाही चार महिनादेखि विद्यार्थीमा उपस्थित छैनन् ।
चार महिनादेखि शिक्षक पढाउन नआएपछि विद्यार्थीहरूले पालिका कार्यालय घेराउ गरेका छन् । चार महिनादेखि शिक्षक नआएको र तत्काल शिक्षक पठाउन माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरे।
गाउँपालिका शिक्षा शाखा प्रमुख उदिम धितालका अनुसार चैत महिनादेखि उक्त विद्यालयमा शाहीलाई खटाइएको भए पनि उनी उपस्थित नभएका हुन् ।
विद्यार्थीको प्रदर्शनपछि शिक्षक शाहीसँग कुराकानी भएको धिताल बताउँछन् । कुराकानी पछि शाही आइतबारदेखि विद्यालयमा उपस्थित हुने सहमति भएको धितालको भनाइ छ ।
प्रतिक्रिया 4