+
+
Shares

प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान, सपनाले गरिन् बिदाइ

भ्रमणका क्रममा दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणामा सोमबार भारत प्रस्थान गरेका छन्।
  • भ्रमणका क्रममा उनले भारतको सर्वोच्च अदालतको अवलोकन गर्नुका साथै दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
  • प्रधान न्यायाधीश शर्मा साउन ११ गते स्वदेश फर्कने कार्यतालिका रहेको सर्वोच्च अदालतले जानकारी दिएको छ।

७ साउन, काठमाडौँ । प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् ।

भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा आज भारत प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

भ्रमणका क्रममा दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

शर्मा साउन ११ गते स्वदेश फर्किने कार्यतालिका छ । उक्त भ्रमण दलमा प्रधानन्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सर्वोच्चका सह–रजिष्ट्रार अमित उप्रेती सहभागी छन्। उनको बिदाइमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल विमास्थल पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?