News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटको गुजरा नगरपालिकामा ४५ वर्षीया रेनुदेवी जयसवालको खुकुरी प्रहार गरी हत्या भएको छ ।
- बाराका ३५ वर्षीय उपेन्द्र साह कलवारले घाँटीमा खुकुरी प्रहार गरी महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
- घटनापछि आक्रोशित स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका आरोपितको वीरगञ्जमा उपचार भइरहेको छ ।
८ साउन, जनकपुरधाम । रौतहटमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ।
गुजरा नगरपालिका–५ हरिहरपुरका चन्देश्वर साह कलवारकी श्रीमती ४५ वर्षीया रेनुदेवी जयसवालको हत्या भएको हो ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल स्थायी घर भई हाल मृतककै घरमा डेरा गरी बस्ने ३५ वर्षीय उपेन्द्र साह कलवारले घाँटीमा खुकुरी प्रहार गरी रेनुको हत्या गरेका हुन् ।
घटनापछि आक्रोशित स्थानीयले उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।
उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुर लगिएको र त्यसपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको डीएसपी गौतमले जानकारी दिए ।
विवादको क्रममा खुकुरी प्रहार गरी हत्या भएको प्रहरीको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4