+
+
Shares

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ ।
  • अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदीको मूल्य १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सुन र चाँदी दुवैको भाउमा गिरावट आएको हो ।

१२ साउन, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ २ लाख ८५ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३१० रुपैयाँ कायम भएको छ । गत बिहीबार चाँदीको भाउ ४ हजार ३७० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?