+
+
Shares

निर्वाचन आयोगलाई सरकारको ‘लाचार छाया’ बनाउन हुँदैन : सांसद केसी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई सरकारको लाचार छाया बनाउन नहुने बताएका छन् ।
  • संसदीय सुनुवाइ समितिमा उनले आयोगलाई निष्पक्ष र स्वायत्त संवैधानिक निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
  • केसीले संवैधानिक निकायमा हुने भागबन्डाको अन्त्य गर्दै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने माग गरेका छन् ।

१२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई सरकारको ‘लाचार छाया’ बनाउन नहुने बताएका छन् ।

मंगलबार संसदीय सुनुवाइ समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै नेता केसीले आयोगलाई एक निष्पक्ष र स्वायत्त संवैधानिक निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

सांसद केसीले लोकतन्त्रको सुदृढीकरणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्तै निर्वाचन आयोगको भुमिका पनि निर्णायक हुने उल्लेख गरे ।

‘लोकतान्त्रिक विश्वले अर्को संरक्षक संस्थाका रूपमा स्वतन्त्र निर्वाचन आयोगलाई महत्वपूर्ण अङ्ग मान्छ । जहाँ निर्वाचन आयोगले स्वतन्त्र रूपमा निर्णय गर्छ र जनताको वास्तविक जनादेशलाई प्रतिनिधित्व गर्ने अवसर र वातावरण सुनिश्चित हुन्छ,’ उनले भने, ‘त्यहीँ मात्र लोकतन्त्र बलियो हुन्छ भन्ने लोकतान्त्रिक सिद्धान्तको आधारभूत मान्यता हो । हामीले जतिसुकै कुरा गरे पनि विगतमा राजनीतिक पूर्वाग्रह थिएन भन्न सकिँदैन र अहिले पनि त्यसबाट पूर्ण रूपमा मुक्त छौं भन्न सकिँदैन । लोकतन्त्र संस्था र मूल्य–मान्यताले चल्छ, कुनै व्यक्ति विशेषले चलाउने होइन ।’

छिमेकी मुलुक भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त टी.एन. शेषनको उदाहरण दिँदै नेपालका आयुक्तहरूमा पनि त्यस्तै साहसिक कार्यक्षमता हुनुपर्ने उनले बताए । संवैधानिक निकायहरूमा हुने राजनीतिक नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै केसीले नेपालमा भागबन्डाका आधारमा नियुक्ति हुने गरेको टिप्पणी गरे ।

‘अहिलेको परिवर्तनसँगै हरेक क्षेत्रमा केही नयाँ सुधार आउनुपर्छ भन्ने मेरो धारणा हो । अहिले हाम्रा इन्स्टिच्युसन्सहरू जुन जुन भ्यालुज सिस्टमले डेमोक्रेसी चल्छ हाम्रा संवैधानिक संस्थाहरू हिजो पनि त्यस्तै थिए आज पनि त्यस्तै छन्,’ उनले भने, ‘हिजो पनि सरकारको लाचार छाया थिए अहिले पनि लाचार छाया छन्। हिजो सरकारले नगर भनेपछि भ्रष्टाचारलाई कारबाही गर्न रोके अहिले थुन्नुपर्ने भो तर थुन्ने कुरा त संवैधानिक संस्थाको कुनै पनि अङ्गलाई त्रसित गर्ने कुरा त डेमोक्रेसीभित्र पर्दैनन् त्यस्तो पनि भइराछ ।’

सांसद केसीले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार र निर्वाचन आयोग गम्भीर हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?