+
+
Shares

पोखराको जुस पसललाई ५० हजार जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस जुस पसलले बेचेको जुस सेवनपछि चार जना सर्वसाधारण बिरामी परेका छन् ।
  • जिल्ला प्रशासन कार्यालय कास्कीले सरसफाइको अभाव र अखाद्य फलफूल प्रयोग गरेको भन्दै उक्त पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
  • अनुगमनका क्रममा फेला परेको १२ किलो अखाद्य फलफूल नष्ट गर्दै पसल सञ्चालन अनुमति पत्र लिन प्रशासनले कडा निर्देशन दिएको छ ।

१२ साउन, गण्डकी । जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस जुस पसललाई जिल्ला प्रशासन कार्यालय, कास्कीले रु ५० हजार जरिवाना गरेको छ ।

उक्त पसलमा जुस सेवनपछि चार जना बिरामी परेको गुनासोपछि प्रशासनले आज अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा जुस पसलमा सरसफाइ नगरिएको, प्रयोग गर्न नमिल्ने स्याउ, केरालगायत फलफूल फेला परेको र व्यवसाय सञ्चालनसम्बन्धी कुनै पनि कागजात नभएको पाइएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

अनुगमनमा क्रममा भेटिएको प्रयोग गर्न नमिल्ने झण्डै १२ किलो फलफूल नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयले व्यवसाय दर्ता तथा नवीकरण गर्न, जुस बनाउन प्रयोग हुने सामग्री नियमित सफाइ गर्न र प्रयोग गर्न नमिल्ने फलफूल अलग्गै छुट्टाएर नष्ट गर्न जुस पसल सञ्चालकलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?