+
+
Shares

सर्वदलीय बैठकमा सहभागी हुन सिंहदरबार पुगे नेताहरू

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते ८:२६

१३ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने बैठकमा बैठकमा सहभागी हुन नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरु सिंहदरबार पुगेका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलकाका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दलका नेताहरुलाई पनि बैठकमा बोलाइएको छ ।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन् ।

‘अत्यन्तै संवेदनशील र दुस्खद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेका हौं’, आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?