+
+
Shares

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि

सर्वदलीय बैठक सकेर सभापति लामिछाने कांग्रेस पार्टी कार्यालय पुगेर दिवंगत श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते ११:०५

१३ साउन, काठमाडौं । रास्वपाका सभापति रवि लामिछान् पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगेका छन् ।

सर्वदलीय बैठक सकेर सभापति लामिछाने कांग्रेस पार्टी कार्यालय पुगेर दिवंगत श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मंगलबार निधन भएका श्रेष्ठको पार्शिव शरीर अहिले श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् ।

श्रद्धाञ्जलीपछि उनको आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ । श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो ।

कांग्रेस सभापति गगन थापाले ७ साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?