+
+
Shares

बाँकेको कोहलपुरमा सेफ्टी ट्यांकीभित्र ३ मजदुर मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा सेफ्टी ट्यांकीभित्र फसेर बुधबार तीन जना मजदुरको मृत्यु भएको छ ।
  • दया प्रसाद थारुको घरमा निर्माणधीन सेफ्टी ट्यांकीमा फसेका उनीहरू मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
  • मृतकहरूमा कालु थारू, प्रकाश थारू र बिर्जा थारू रहेका छन् भने शव पोस्टमार्टमका लागि भेरी अस्पताल ल्याउने काम भइरहेको छ ।

१३ साउन, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बिहान ९ बजेको समयमा दया प्रसाद थारुको घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्यांकीमा तीन जना मजदुर फसेका थिए ।

लगत्तै खटिएको टोलीले सेफ्टी ट्यांकी फुटाएर हेर्ने क्रममा तीन जना नै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिनेहरूमा कोहलपुर नगरपालिका–३ का अन्दाजी ४०/४२ वर्षीय कालु थारू, सोही ठाउँका अन्दाजी २६/२७ वर्षीय प्रकाश थारू र सोही ठाउँका अन्दाजी  ३३/३४ वर्षीय बिर्जा थारू रहेका छन् ।

उनीहरूको शव भेरी अस्पताल नेपालगञ्ज ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?