+
+
Shares

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पाको पूर्वखोला गाउँपालिका-१ तामाखानीमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय दिमस सारुको मृत्यु भएको छ।
  • मंगलबार बिहान साढे ११ बजे अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।
  • घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले उल्लेख गरेको छ।

१३ साउन, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्वखोला-१ सामुङगा बस्ने अन्दाजी २८ वर्षीय दिमस सारु रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान साढे ११ बजेको समयमा पूर्वखोला गाउँपालिका, १ तामाखानीस्थित भित्री सडक खण्डमा लुम्बिनी प्रदेश ०१, ००५ प ४०४१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।

आफैं अनियन्त्रित भएको मोटरसाइकल सडकदेखि करिब २५ मिटर तल खसेको घटनास्थल पुगेको प्रहरी चौकी जब्गादीको टोलीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको पाल्पा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?