News Summary
Generated by OK AI. Editorially reviewed.- भलिबल खेलाडी रेशम छन्त्यालले दाहिने पाखुराको चोट र पारिवारिक कारणले नेपाल भलिबल लिग (एनभीएल) २०२६ नखेल्ने भएका छन्।
- सगरमाथा वारियर्सले छन्त्यालको स्थानमा अक्सनबाट अनुबन्धित खेलाडी लिला डाँगीलाई टोलीमा समावेश गरेको छ।
- छन्त्याल सगरमाथा वारियर्ससँग ५० हजार रुपैयाँमा अनुबन्धित भएका थिए र टोलीले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
१४ साउन, काठमाडौं । भलिबल खेलाडी रेशम छन्त्यालले पाखुराको चोट तथा व्यक्तिगत कारणले नेपाल भलिबल लिग (एनभीएल) २०२६ नखेल्ने भएका छन् ।
सगरमाथा वारियर्सलाई सम्बोधन गर्दै उनले दिएको निवेदनमा दाहिने पाखुराको चोट अझै पूर्ण रूपमा निको नभएको, पर्याप्त अभ्यास गर्न नपाएको तथा पारिवारिक भेटघाटका कारण प्रतियोगितामा उपस्थित हुन नसक्ने उल्लेख गरेका छन् ।
छन्त्याललाई सगरमाथा स्म्याशर्सले अक्सनबाट ५० हजार रुपैयाँमा अनुबन्ध गरेको थियो । उनले नाम फिर्ता लिएपछि टोलीले उनको स्थानमा लिला डाँगीलाई अनुबन्ध गरेको छ ।
सगरमाथाले छन्त्यालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी प्रतियोगिताहरूमा पुनः टोलीका लागि खेल्ने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया 4