News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा भएको झडपमा एक जनाको मृत्यु भएपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक सम्पन्न भएको छ।
- प्रधानमन्त्रीले बोलाउनुभएको सो बैठकमा सुनसरी घटनाको समीक्षा गर्दै सामाजिक सद्भाव कायम राख्ने विषयमा छलफल भएको छ।
- सुरक्षा निकायसँगको समन्वयमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्ने निर्णय परिषद्ले गरेको छ।
१४ साउन, काठमाडौं । सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न भएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई पक्षबीचको झडपका कारण एक जनाको मृत्यु भएको र त्यसपछि उत्पन्न परिस्थिीतीबारे परिषद्मा समीक्षा भएको छ ।
आगामी दिनहरुमा यस्ता घटना हुन नदिनका सबै सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावलाई कायम गर्न प्रभाकारी रुपमा कार्य गरिनेबारे छलफल भएको छ ।
त्यसैगरी विपद् प्रतिकार्यबारे पनि छलफल भएको बताइएको छ । सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद् बैठक बोलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4