+
+
Shares

मधेश र कोशी प्रदेशका रास्वपा सांसदसँग रविको छलफल

सुनसरी र मधेश क्षेत्रमा फैलिएको समस्याबारे छलफल गर्न उनले यो बैठक डाँकेको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १६:५४

१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मधेश र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपा सांसदसँग बैठक बोलाएका छन् ।

अहिले पौने ५ बजेबाट सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदलाई बैठकमा बोलाएका हुन् । सुनसरी र मधेश क्षेत्रमा फैलिएको समस्याबारे छलफल गर्न उनले यो बैठक डाँकेको बताइएको छ ।

उनले सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि ‘विशेष निर्देश’सहित सर्कुलर गरेर बैठक डाँकेका छन् । जसमा सांसदहरूलाई विशेष निर्देश, मार्गदर्शन र अपील गर्ने रास्वपा संसदीय दलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?