+

अनन्त र एरिक बंगलादेशी क्लब फोर्टिसमा आबद्ध

२०८३ साउन  १४ गते १७:२५ २०८३ साउन १४ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फुटबल खेलाडी अनन्त तामाङ र एरिक विष्ट बंगलादेशको फोर्टिस एफसी लिमिटेडमा अनुबन्धित भएका छन् ।
  • खेलाडीहरूले बंगलादेश प्रिमियर लिगसँगै एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेल्ने गरी सम्झौता गरेका छन् ।
  • नेपालमा शीर्ष डिभिजनको लिग नहुँदा खेलाडीहरू विदेशका लिग खेल्न जान बाध्य भएका हुन् ।

१४ साउन, काठमाडौं । नेपाली फुटबलरद्वय अनन्त तामाङ र एरिक विष्ट बंगलादेशी क्लब फोर्टिस एफसी लिमिटेडमा अनुबन्ध भएका छन् ।

बंगलादेश प्रिमियर लिग फुटबलका लागि फोर्टिस एफसीले डिफेण्डर अनन्त र मिडफिल्डर एरिकलाई अनुबन्ध गरेको हो । लिगका लागि उनीहरू बंगलादेश पुगिसकेका छन् ।

अनन्तले गत सिजन पनि फोर्टिसबाटै बंगलादेशको लिग खेलेका थिए । यस्तै एरिकले ब्रदर्थ युनियनबाट लिग खेलेका थिए ।

अनन्त र एरिकले पहिलो पटक एकै क्लबबाट बंगलादेशी लिगमा खेल्न लागेका हुन् । यी दुईले राष्ट्रिय टिमदेखि नेपालको घरेलु लिगमा पनि एकसाथ खेलिसकेका छन् ।

बंगलादेशको लिग करिब ६ महिना सञ्चालन हुनेछ । लिग र एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल खेल्ने गरी सम्झौता भएको एरिकले बताए ।

बंगलादेशबाट बंगलादेश पुलिस एफसी र फोर्टिस एफसीले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेल्नेछ । जहाँ फोर्टिसले अगष्ट ११ मा कीर्गिस्तानको मुरास युनाइटेडसँग खेल्नेछ भने बंगलादेश पुलिसले सिरियाको अल इतिहास अहलीसँग खेल्नेछ । यो खेल जित्न सके एएफसी च्यालेन्ज लिगको मुख्य चरणमा प्रवेश गर्नेछ ।

बंगलादेशको फुटबल लिग भने अगष्ट अन्तिममा सुरु हुनेछ । नेपालमा लामो समयदेखि शीर्ष डिभिजनको लिग हुन सकेको छैन भने हाल अखिल नेपाल फुटबल संघ (एन्फा) पनि फिफाको निलम्बनमा छ ।

नेपालमा फुटबल गतिविधि नहुँदा खेलाडीहरु अन्य देशको लिग खेल्न गएका हुन् ।

अनन्त तामाङ एरिक विष्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय