+
+
Shares

धनुषामा आज बिहान ६ बजेदेखि ८ बजेसम्म कर्फ्यु खुकुलो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते ६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषामा लगाइएको कर्फ्यु स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाका लागि खुकुलो बनाएको छ।
  • प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार अत्यावश्यक खाद्यवस्तुको किनमेलका लागि सर्वसाधारणलाई यो समय दिइएको हो।
  • जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु अवधिमा अत्यावश्यक सेवा र परिचयपत्र बोकेका व्यक्तिहरूलाई आवतजावतमा छुट दिइएको छ।

१५ साउन, काठमाडौं । धनुषामा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ । आज बिहान ६ बजेदेखि ८ बजेसम्म  कर्फ्यु खुकुलो बनाइएको हो ।

प्रमुख जिल्ल अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार बिहानको समयमा दूध, तरकारी, फलफूल तथा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किनमेलका लागि कर्फ्यु खुकुलो गरिएको हो ।

बिहान ८ बजेभित्र अत्यावश्यक सामग्री खरिद गरी निवासमा फर्किएर कर्फ्यु पालना गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

कर्फ्युको समयमा अत्यावश्यक सेवा नियमित सन्चालन हुने र स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी र रेडक्रस, तिर्थयात्री, बिरामी, एयरपोर्ट आउजाउ गर्ने व्यक्तिहरुलाई भने परिचयपत्रको आधारमा आउत जावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?