News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिकामा पुगेर स्थानीय अगुवाहरूसँग छलफल गरेका छन्।
- उनले प्रहरीको गोलीबाट मारिएका व्यक्तिका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
- मधेश र कोशी प्रदेशमा बढेको हिंसात्मक घटना र गृहमन्त्रीको कार्यशैलीबारे आलोचना भएपछि उनले स्थलगत भ्रमण गरेका हुन्।
१५ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिका पुगेका छन् । विहीबार राति साढे ११ बजे पालिका पुगेका उनले स्थानीय सामाजिक अगुवासँग छलफल गरेका छन् ।
उनी देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज गाउँ पनि पुग्ने कार्यक्रम छ । त्यहाँ उनले प्रहरीको गोलीबाट मारिएका व्यक्तिका परिवारलाई भेट्ने कार्यक्रम छ ।
मधेश र कोशी प्रदेशका जिल्लामा हिंसात्मक घटना बढिरहेको बेला पनि गृहमन्त्री चुप बसेको भन्दै आलोचना पुगेको थियो । देवानगञ्जको कप्तानगञ्जमा प्रहरीको गोलीबाट सर्वसाधारण मारिएपछि सुरु भएको तनाव साम्य पार्न भएको छलफलमा सहभागीहरुले गृहमन्त्री गुरुङको उपस्थिति खोजेका थिए । तर उनले आफ्ना पीएलाई पठाएका थिए ।
सरकारले तनाव रोक्न समयमै पहल नगर्दा हिंसा अन्य जिल्लामा फैलिएको भन्दै कतिपयले गृहमन्त्रीको राजीनामा माग्दै आएका छन् ।
हिंसात्मक घटना कोशी प्रदेशको सुनसरीबाट मधेश प्रदेशका जिल्लाहरुमा फैलिएपछि र गृहमन्त्री गुरुङको कार्यशैलीमा प्रश्न उठेपछि उनी विहीबार सुनसरी पुगेका थिए ।
प्रतिक्रिया 4