+
+
Shares

बेपत्ता आरोहीको खोज र उद्धारमा समन्वय भइरहेको छ : पर्यटन विभाग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते ११:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानस्थित ब्रो पिक हिमालमा हिम पहिरोमा परी चर्चित आरोही निर्मल पूर्जासहित छ जना नेपाली आरोही बेपत्ता भएका छन् ।
  • पर्यटन विभागले पुर बहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पूर्जा बेपत्ता भएको सार्वजनिक गरेको छ ।
  • बेपत्ता आरोहीहरूको खोजी र उद्धार कार्यका लागि मन्त्रालयले पाकिस्तानसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

१५ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पाकिस्तानस्थित ब्रो पिक (८०४७)मा बेपत्ता चर्चित आरोही निर्मल पूर्जासहितका आरोहीको खोजी र उद्धारमा पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको जनाएको छ ।

विभागले एक विज्ञप्ति जारी गर्दै वेपत्ता नेपाली आरोहीहरुको नाम समेत सार्वजनिक गरेको छ । विभागका अनुसार पुर बहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पूर्जा बेपत्ता छन् ।

सो हिमाल आरोहणका क्रममा हिम पहिरोमा परी आरोहीहरु बेपत्ता भएको बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?