+
+
Shares

ब्रोड पिक हिमपहिरो: चार आरोहीको शव फेला

यद्यपि, फेला परेका शवहरूको पहिचान अझै हुन सकेको छैन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी विश्वकीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका छन्।
  • अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानका अनुसार घटनास्थलबाट उद्धार टोलीले अहिलेसम्म ४ वटा शव फेला पारेका छन्।
  • अध्यक्ष खानले भनेका छन्, 'उद्धारकर्ता र आवश्यक सामग्रीसहित उद्धार हेलिकप्टरहरू ब्रोड पिकमा खटाइएको छ।'

१५ साउन, काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता भएको स्थानमा ४ जनाको शव भेटिएको छ । पाकिस्तानमा रहेको विश्वकै १२ औँ अग्लो हिमाल ‘ब्रोड पिक’ (८,०४७ मिटर) मा हिमपहिरोमा परी विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाई)सहित १० सदस्यीय अन्तर्राष्ट्रिय टोली बेपत्ता छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले इन्स्टाग्राममार्फत दिएको जानकारी अनुसार घटनास्थलबाट उद्धार टोलीले हालसम्म ४ वटा शव फेला पारेको छ। यद्यपि, फेला परेका शवहरूको पहिचान अझै हुन सकेको छैन् ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले भनेका छन्, ‘उद्धारकर्ता र आवश्यक सामग्रीसहित उद्धार हेलिकप्टरहरू ब्रोड पिकमा खटाइएको छ। यसैबीच, स्थलगत उद्धार टोलीले हालसम्म ४ वटा शव फेला पारेको छ।’

अध्यक्ष खानका अनुसार बेपत्ता आरोहीहरूको खोजी तथा उद्धारका लागि आवश्यक उपकरणसहित उद्धारकर्ताहरू बोकेका हेलिकप्टरहरू ब्रोड पिक क्षेत्रमा परिचालन गरिएको छ।

को-को छन् त बेपत्ता ?

निर्मल पुर्जा (निम्स दाई) (नेपाल – टोली नेता)
पुरबहादुर गुरुङ (युक्ता) (नेपाल)
किली पेम्बा शेर्पा (किलु) (नेपाल)
निमा शेर्पा (नेपाल)
नवाङ थिन्दु शेर्पा (नेपाल)
नाधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान)
सोहेल साखी (पाकिस्तान)
वाङ जोङ (चीन)
मेलोरी गिस (अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?