News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्यमा पनि प्रतितोला ५० रुपैयाँको वृद्धि भई आज ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि २ लाख ८५ हजार रुपैयाँ तोकेको छ।
१५ साउन, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ तोकेको छ अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबार सुनको भाउ २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ ५० रुपैयाँ बढेसँगै प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ३१० रुपैयाँ थियो । गत शुक्रबार चाँदीको भाउ ४ हजार ३५० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4